तनहुँको ऐनापहरामा पहिरो हटाएर पृथ्वी राजमार्ग एकतर्फी संचालन

तनहुँको ऐनापहरामा पहिरो हटाएर पृथ्वी राजमार्ग एकतर्फी संचालन

Aina Pahara Pahiro2

File Photo

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा गएको पहिरो हटाएर राजमार्ग एकतर्फी संचालन गरिएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

गत महिना असार ८ गते राति पनि ऐनापहरामा सुक्खा पहिरो खसेको थियो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

पहिरो संगै खसेको ढुङ्गा पन्छाएर राजमार्ग पुर्ण रुपमा सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए ।

उनले भने ‘ढुङ्गा हटाउन बाकि रहेको छ । ढुङ्गा हटाएपछी दुईतर्फी नै संचालनमा आउँछ ।’ पृथ्वी राजमार्ग मै पर्ने बन्दिपुर-१ नाहालामा भासिएको सडकको मर्मत सम्पन्न भएर राजमार्ग सुचारु हुने बित्तिकै आबुखैरेनीमा पहिरो खस्दा यात्रुलाई समस्या परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ