च्याम्पियन युभेन्टस १३औं स्थानको क्याग्लिअरीसँग पराजित

च्याम्पियन युभेन्टस १३औं स्थानको क्याग्लिअरीसँग पराजित

ronaldo

इटालियन सिरी ए च्याम्पियन युभेन्टस १३औं स्थानको क्याग्लिअरीसँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा युभेन्टस २(० ले पराजित भएको हो। लिगमा अब अन्तिम चरणको खेल बाँकी छ।

यसअघि, युभेन्टसले दुई खेल बाँकी छँदै जारी सिजनको उपाधि हात पारिसकेको थियो, जुन लगातार नवौं उपाधि हो।

गएरातिको खेलमा क्याग्लिअरीका ग्यागलिअनो र सिमिओनले १(१ गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। ग्यागलिअनोले आठौं मिनेटमा गोल गर्दै १(० को अग्रता दिलाएको खेलमा सिमिओनले मध्यान्तरअघिको इन्जुरी समयमा थप एक गोल गरेपछि क्याग्लिअरीले दोहोरो अग्रता कायम गरेको थियो। दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा क्याग्लिअरीले च्याम्पियन युभेन्टसमाथि २(० को जित हात पारेको थियो।

गएराति तीन अंक गुमाएको युभेन्टसले ३७ खेलबाट ८३ अंक जोडेको छ भने क्याग्लिअरी समान खेलबाट ४५ अंक जोड्दै १३औं स्थानमा रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds