श्रीमानलाई खाना लिएर जाने क्रममा खोलाले बगाएर मृत्यु

श्रीमानलाई खाना लिएर जाने क्रममा खोलाले बगाएर मृत्यु

khola

नवलपुर – श्रीमानलाई खाना लिएर जाने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं २ र ३ को सिमाना कोलियास्थित गिरुबारी खोलाले बगाउँदा २४ बर्षीया सीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहन बहादुर खांडले गण्डक न्युजलाई जानकारी दिए ।

खांडका अनुसार बिहिबार बिहान अन्दाजी ९ :३० बजेको समयमा काम गरीरहेका श्रीमानलाई खाना पुर्याउन गएकी सितालाई गिरुबारी खोलाले बगाएको हो । सितालाई बगाएको खबर लगत्तै स्थानीय र प्रहरीको टोलीले तत्काल उद्दारको प्रयास गरेपनि खोजिकार्य गर्दै जाँदा अन्दाजी तीन किलोमिटर तल मध्यविन्दु नगरपालिका -९ सिम्रेनीमा मृत अवस्थामा उनको शव फेला परेको थियो ।

हाल उनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा लागिएको छ । भने, घटनाका बिषयमा थप अनुसन्धान भैरहेको खांडको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ