पोखराका शिक्षाविद प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ । लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा बिहान निधन भएको हो ।
स्वर्गीय कायस्थको विहीवार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, दुई छोरा सञ्जीव र राजु कायस्थ र एक छोरी प्रतिमा श्रेष्ठ रहेका छन् ।
कायस्थ पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । पोखराबाट एमएस्सी पास गर्ने पहिलो व्यक्ति रहेका स्वर्गीय कायस्थ ३७ वर्ष सम्म लगातार पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।
विद्यार्थीलाई आफ्नो सम्पत्ति र सन्तति ठान्ने स्वर्गीय कायस्थ आफ्नो जिवनको अन्तिम क्षण सम्म पनि शिक्षा क्षेत्रमा खटिनै रहे । उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायको डीन भएर सेवा गरेका थिए ।
पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलवारीस्थित माउण्ट अन्नपूर्ण स्कूलका क्याम्पस चिफ समेत रहेर काम गरेका स्वर्गीय कायस्थ विभिन्न मान, पदवी, सम्मानबाट सम्मानित भएका थिए ।
धेरै संघ संस्थामा आवद्ध भएर काम गरेका स्वर्गीय कायस्थ पोखराको शैक्षिक तथा विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान रहेको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु