पोखराका २ सहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

पोखराका २ सहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

Corona update 2

पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ६ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४८५ जना पुगेको छ ।

कास्कीमा ३, म्याग्दीमा २,  तनहुँमा १ सहित गण्डकी प्रदेशका थप ६ जनामा कोरोना पुष्टि देखिएको हो । ६ जना संक्रमित मध्ये १ जना महिला र ५ जना पुरुष रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२४३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ