तनहुँको व्यास नगरपालिकाका १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९ पुग्यो

तनहुँको व्यास नगरपालिकाका १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९ पुग्यो

Corona update 4

तनहुँ । तनहुँमा थप एक जना कोरोना भाईरसका संक्रमित थपिएका छन ।

तनहुँको व्यास नगरपालिकाका २९ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । विदेशबाट आएर क्वारेन्टाइनमा बसेका युवकमा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले जानकारी दिए । उनले भने ‘युवक व्यास-९ का हुन ।’

यो संगै तनहुँमा कोरोना संक्रमितको संख्या १७९ जना पुगेको छ ।

त्यस्तै निको भएर घर फर्किनेको संख्या १६१ पुगेको छ ।

आज तनहुँमा १ जना सहित म्याग्दीमा २ र कास्कीमा ३ जनासहित गण्डकी प्रदेशका थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ६ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४८५ जना पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२४३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ