‘भ्रष्टाचार विरोधी’ प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

‘भ्रष्टाचार विरोधी’ प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

sanjel

विराटनगर – भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि आक्रमण भएको जानकारी दिए ।

घटना शुक्रबार दिउँसो भएको बताइएको छ । आज मात्र घटना बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा अहिले सोही विषयमा छलफल भइरहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको प्रहरीले जनाएको छ ।

दुवैजना कार्यालयका करार कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ