लमजुङको भोर्लेटारमा ८० लाखको लगानीमा मध्यनेपाल पोलिक्लिनिक संचालनमा

लमजुङको भोर्लेटारमा ८० लाखको लगानीमा मध्यनेपाल पोलिक्लिनिक संचालनमा

MadhyaNepal Policlinic

लमजुङ । लमजुङको भोर्लेटारमा मध्यनेपाल पोलिक्लिनिक संचालनमा आएकाे छ ।

८० लाखको लगानीमा संचालनमा आएकाे अत्याधुनिक पोलिक्लिनिकमा विभिन्न विशेषज्ञ डाक्टरहरुबाट विशेष सेवा दिने प्रबन्धक डा. सुशिल पौडेलले बताए ।

बुधबार एक कार्यक्रम गरि मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले पोलिक्लिनिककाे उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा नगरप्रमुख पाण्डेले स्थानिय जनताले घरदैलाेमा नै गुणस्तरीय विशेषज्ञ स्वाथ्य सेवा पाउनु खुसीकाे कुरा भएकाे बताए ।

उनले भने ‘चिकित्सकको मनोबल बढाउदै अस्पतालले स्थानीयलाई सरल र सहज वातावरणमा सेवा दिनुपर्छ ।’

प्रबन्धक डा. पौडेलका अनुसार पोलिक्लिनिकमा विशेषज्ञ डाक्टरहरूद्वारा चौबिसै घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ल्याब सेवा, ओपिडी सेवा, बिरामी भर्ना सेवा, एक्सरे सेवा, आँखा उपचार, दन्त सेवा, ईसिजी सेवा प्रदान गरिनेछ ।

साथै भिडियो एक्सरे सेवा, अक्सिजन तथा नेबुलाइजेसन सेवा, माईनर अपरेसन सेवाहरु संगै अतिरिक्त सेवा मुटु, पेट, मानसिक रोग, नाक कान घाँटी सम्बन्धी, बच्चा सम्बन्धी, प्रसुती छाला तथा यौन रोग, पायल्स फिसर फिस्टुला, दाँत एवंम आँखा सम्बन्धीका विशेषज्ञ डाक्टरहरुबाट सेवा गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds