पोखरामा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला

पोखरामा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरामा – पोखरामा एक पुरुष आफ्नै कोठा भित्र मृत अवस्थामा फेला परेका छन्  । पोखरा महानगरपालिका वडा – ३० ढुंगेपाटन स्थित डेराको कोठामा बस्ने अन्दाजी ५० /५२ बर्षका पुरुष कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यद्यपी मृतकको हालसम्म नाम, थर ठेगाना खुलिसकेको छैन ।

बिहान अबेरसम्म पनि नउठेपछि छिमेकीले कोठामा हेर्दा भित्रबाट चुकुल लगाएको तर, बोलाउँदा नबोलेपछि शंका लागेर प्रहरीलाई खबर गरिएकोमा प्रहरी आई चुकुल फोडेर हेर्दा उनी मृत फेला परेका हुन । 

हाल उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल लागिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ