पोखराको काहुँडाँडाबाट अवैध गाँजासहित दुई युवक पक्राउ

पोखराको काहुँडाँडाबाट अवैध गाँजासहित दुई युवक पक्राउ

arrest

सांकेतिक तस्विर

पोखरा – पोखरामा अवैध लागु औषध (गाँजा) सहित दुई युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १३ भद्रकालीबाट खटिएको (CRV ) प्रहरीको टोलीले शनिबार दिउँसो गरेको चेकजांचका क्रममा दुई जनालाई अवैध गाँजा ७५० ग्राम सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा -११ रानीपौवा बस्ने बर्ष १९ का राजेश परियार र पोखरा -११ काहुँडांडा बस्ने बर्ष १८ का रोशन परियार छन् । ग ८ प ५२०० नंवरको मोटरसाइकलमा काहुँडांडाबाट पोखरा तर्फ आउंदै गरेका उनीहरुलाई प्रहरीले काहुँडांडाबाट पक्राउ गरेको ।

हाल प्रहरी नियन्त्रमा रहेका उनीहरु माथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ