तनहुँको समस्तिपुरमा चितुवाकाे आक्रमणबाट १० वर्षीया बालिका घाइते, अस्पताल लगिदै

तनहुँको समस्तिपुरमा चितुवाकाे आक्रमणबाट १० वर्षीया बालिका घाइते, अस्पताल लगिदै

chituwa

किरण श्रेष्ठ, तनहुँ । तनहुँमा चितुवाकाे आक्रमणबाट एक जना बालिका घाईते भएकि छन् ।

जिल्लाको आबुखैरेनी-१ समस्तिपुरमा चितुवाको आक्रमणमा परि १० वर्षीया अमिशा थापा घाइते भएकी हुन ।

घाइते बालिकाको घाँटी र पेटमा चोट लागेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

अहिले घाईते बालिकाकाे उपचारका लागि चितवनको भरतपुरमा उपचारका लागी अस्पताल पठाइएको बरालले जानकारी दिए ।

साँझ ९ बजेको समयमा खाना खान आगनमा निस्कदा चितुवाले बालिकालाई आक्रमण गरेको सब डिभिजन बन कार्यालय बिमलनगरका सुरेश कुमार भुजेलले जानकारी दिए ।

‘आगनमै आक्रमण गरेको रैछ ।’ भुजेलले भने ‘घर नजिक बाख्राको खोर र झाडी रहेछ ।’

आबुखैरेनी बजार घर भैइ हाल मामा घर बसेर चन्द्राेदय माविमा कक्षा ३ उत्तीर्ण भएर ४ मा गएकी थापा घाईते चितुवाको आक्रमणमा परी घाइते भएकी हुन ।

केही समय रोकिएको मानिसमाथि चितुवाको आक्रमण फेरि आज भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ