तनहुँको आँबुखैरेनी गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि, गाउँपालिका कार्यालय पुर्ण बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि, गाउँपालिका कार्यालय पुर्ण बन्द

Aabukhaireni RM Gate

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका उच्च तहका कर्मचारीमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

गत १४ गते गाउँपालिकाको क्वारेन्टाइन र कन्ट्रयाक्ट ट्रेसिङबाट ९ जनाको स्वाब पीसीआर परीक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । जसमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

१ जना ४२ वर्षीय पुरुषको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । जो गाउँपालिकाका कर्मचारी हुन् ।

त्यस्तै गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय क्षेत्र जोखिम देखिएको हुँदा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा २० गतेसम्म पुर्ण बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds