पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका संक्रमितमा तनहुँका २ जना, स्याङ्जाका ८ जना, लमजुङका ३ जना, बागलुङका १ जना, कास्कीका ६ जना रहेका छ्न ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको १ जना र म्याग्दे गाउँपालिकाको १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाको २ जना महिला र १ जना पुरुष गरि ३ जना र वालिङ नगरपालिकाका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यस्तै लमजुङको सुन्दर बजार नगरपालिकाका २ जना र दोर्दी गाउँपालिकाको १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी बागलुङको बागलुङ नगरपालिकाका १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीको पोखरा महानगरपालिकाका १ जना पुरुष र रुपा गाउँपालिकाका ३ जना पुरुष र २ जना महिला गरि कुल ६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २० जना संक्रमित भेटिएका हुन ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको व्यहोरा समेत अनुरोध छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु