गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १५०५ पुग्यो

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १५०५ पुग्यो

Corona update 4

पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमितमा तनहुँका २ जना, स्याङ्जाका ८ जना, लमजुङका ३ जना, बागलुङका १ जना, कास्कीका ६ जना रहेका छ्न ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको १ जना र म्याग्दे गाउँपालिकाको १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाको २ जना महिला र १ जना पुरुष गरि ३ जना र वालिङ नगरपालिकाका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै लमजुङको सुन्दर बजार नगरपालिकाका २ जना र दोर्दी गाउँपालिकाको १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बागलुङको बागलुङ नगरपालिकाका १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका १ जना पुरुष र रुपा गाउँपालिकाका ३ जना पुरुष र २ जना महिला गरि कुल ६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २० जना संक्रमित भेटिएका हुन ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको व्यहोरा समेत अनुरोध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds