कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ, आँबुखैरेनीका २६ जनाको रिपोर्ट नेगेटिभ

कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ, आँबुखैरेनीका २६ जनाको रिपोर्ट नेगेटिभ

Aabukhaireni RM Tanahun Gate

किरण श्रेष्ठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वाब कोरोना परीक्षणका लागी आइतबार पोखरा पठाइएको थियो ।

गाउँपालिकाले आइतबार २६ जनाको स्वाब संकलन गरि पोखरा पठाएको थियो ।

सोमबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

२६ जनामा ८ जना महिला हुन भने १८ जना पुरुष हुन । जसमा २१ जना कर्मचारी, ४ जना जनप्रतिनिधि र १ जना स्थानीय रहेको सूचना अधिकारी डोटेलले बताए ।


गाउँपालिकाका एक जना कर्मचारीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाले क्वारेन्टाइनमा बसेका र कर्मचारीहरुको साउन १४ गते संकलन गरेको स्वाबको परीक्षणमा ४२ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका कर्मचारीले केही दिनअघि बिरामी आमालाई कठमाडाँको अस्पतालमा भेटेर फर्किएका थिए ।

संक्रमित कर्मचारी पोखरास्थित होम आइसोलेसनमा रहेका छन् ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि साउन २० गते सम्मका लागि गाउँपालिकाले कार्यालय बन्द गरेको छ ।

कार्यालय परिसर जोखिम रहेकाले कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएको गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds