कोरोनाको उच्च जोखिम रहेको भन्दै व्यास नगरपालिकाको वडा कार्यालय बन्द

कोरोनाको उच्च जोखिम रहेको भन्दै व्यास नगरपालिकाको वडा कार्यालय बन्द

Vyas-9

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा कार्यालय बन्द गरिने भएको छ ।

कोरोना भाईरसको संक्रमण वडामा पनि देखी उच्च जोखिम रहेको भन्दै व्यास नगरपालिका वडा नं ९ बन्द गर्ने निर्णय भएको छ ।

व्यास-९ का वडाअध्यक्ष सुरेश थापाका अनुसार वडा कार्यालयबाट उपलब्ध हुदै आएको सबै सेवा साउन २० गतेदेखि अर्को सूचना नभएसम्म बन्द गरिएको छ ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए ।

वडामा भिडभाड हुने हुँदा समुदायमा संक्रमण फैलिने डर भएको हुँदा वडा कार्यालय बन्द गरिएको उक्त सूचनामा जनाइएको छ ।

अमेरिकाबाट दिल्ली हुँदै नेपाल आएका २९ वर्षीया युवक गत साउन ७ गतेदेखि क्वारेन्टाइनमा रहेका थिए ।

गत साउन १६ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमितको सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीय संगै जनप्रतिनिधिहरुको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको वडाअध्यक्ष थापाले जानकारी दिए ।

साथै वडा भित्रका टोल, आमा समुह, युवा क्लब, विभिन्न संघ संस्था र सम्पुर्ण वडाबासीले धैर्यता र सजगता अप्नाएर सहयोग गरिदिन समेत वडा कार्यालयले अनुरोध गरेको छ ।

तनहुँमा कोरोना संक्रमितको संख्या १८३ जना पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेको संख्या १६६ पुगेको छ । यो पनि : तनहुँको व्यास नगरपालिकाका १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds