नवलपुरमा खाेलाले बगाएर कुमालकाे मृत्यु

नवलपुरमा खाेलाले बगाएर कुमालकाे मृत्यु

death nawalpur

कमला राना, नवलपुर । बर्दघाट सुस्ता पूर्व नवलपरासीको मध्यविन्दु नगरपालिकामा खाेलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ११ द्वारदह घर भएका ४५ वर्षिय मित्र बहादुर कुमाललाई वडा नम्बर ४ स्थित पनाैतिमा उल्टी खाेलाले बगाउँदा मृत्यु भएको हाे ।

मनकामना इट्टा भट्टामा काम गर्ने कुमाल अत्यधिक गर्मीका कारण पाैडी खेल्न खाेलामा गएका थिए ।

पाेष्टमार्टमकाे लागि शव चाेरमारा हेल्थपाेष्टमा लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ