हाइस्कुलटारमा इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेर वर्ल्डलिंकका कर्मचारीको मृत्यु

हाइस्कुलटारमा इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेर वर्ल्डलिंकका कर्मचारीको मृत्यु

current

तनहुँ । इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेर तनहुँ दमौलीका एक युवकको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं. १ हाइस्कुलटार स्थित एक घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मुत्यु भएको छ ।

उक्त घरमा वर्ल्ड लिंकको नेट जोड्ने क्रममा करेन्ट लाग्दा व्यास-४ का ३० वर्षीय सुवास श्रेष्ठ गम्भिर घाइते भएका थिए ।

घाइते श्रेष्ठको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचारका लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

श्रेष्ठ वर्ल्डलिंक ईन्टरनेटमा कार्यरत कर्मचारी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ