तनहुँको व्यास-४ को एक महिलालाई कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास-४ को एक महिलालाई कोरोना संक्रमण पुष्टि

corona-affected

सांकेतिक तस्बिर ।

तनहुँ । तनहुँमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार थपिने नयाँ संक्रमित व्यास-४ की २७ वर्षीया महिला भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेको महिलामा कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १८४ जना पुगेको छ । त्यस्तै कोरोना भाईरसलाई जितेर निको भई घर फर्किनेको संख्या १७२ जना रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds