दरौंदी खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

दरौंदी खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

khola

गोरखा – दरौंदी खोलाले बगाएर गोरखामा एक किशोरको मृत्यु भएको छ भने, एक जना बेपत्ता भएका छन ।

गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नम्वर -१ खुर्पाजुङ बस्ने बर्ष १५ का सविन श्रेष्ठको दरौंदी खोलाले बगाएर मृत्यु भएको हो भने, अर्का किशोर बर्ष १५ का प्रजल श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई किशोर गोरखा -३ बेनिखोलामा फुटबल हेर्न जाने क्रममा सिरानचोक गाउँपालिका -४ स्थित दरौंदी खोला तर्ने क्रममा उनीहरुलाई बगाएको हो । खोलाले बगाए लगत्तै स्थानीय र प्रहरीको टोलीले खोजतालस गर्ने क्रममा गोरखा नगरपालिका -१२ खत्रीवेशी स्थित दरौंदी नदीको विच भागमा ढुंगामा अड्किएको अवस्थामा सविन श्रेष्ठको शव भेटिएको हो । हराइरहेका अर्का किशोर प्रजल श्रेष्ठ भने हालसम्म बेपत्ता छन । उनको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ