गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते

दुर्घटना

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते

lamjung tacktor

File Photo

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षीय विक्रम बस्यालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन् । निजको सोही अस्पतालमा उपचार जारी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ