काठमाडौं छिर्न एक हजार दिन खाेज्दा पक्राउ

काठमाडौं छिर्न एक हजार दिन खाेज्दा पक्राउ

117327966_596903371018659_3369526194291989978_n

नागढुङ्गामा काठमाडौं पस्न घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने नागार्जुन नगरपालिका ४ घर भएको बताउने ३३ वर्षीय अनिल महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

उनी बिहीबार बिहान ७ बजे धादिङबाट काठमाडौंतर्फ बा ३ ख ३१०१ नम्बरको सवारी साधनमा आएका थिए। उनीसँग सवारी पास नभएपछि प्रहरीले उनलाई धादिङ तर्फ नै फर्काउन खोजेको थियो।

तर त्यत्तिकैमा महर्जनले एक हजार रूपैयाँ दिने भन्दै खल्तीबाट रकम झिकेका थिए। त्यसपछि महानगरीय प्रहरी वृत्त, थानकोटले उनलाई पक्राउ गरेको हो।

उनीविरूद्द मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गरिएको वृत्तले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ