स्याङ्जामा लकडाउन फेरि ७ दिन थप

स्याङ्जामा लकडाउन फेरि ७ दिन थप

syanja

स्याङजा : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बन्दलाई एक हप्ता लम्ब्याएको छ ।

यसअघि साउन १३ गतेदेखि जारी बन्द बिहीबार सकिएसँगै शुक्रबारदेखि थप एक हप्ताका लागि बढाइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न सूचना जारी गरेको हो ।

स्याङ्जामा समुदायस्तरमा ५९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरको हो । साउन १३ देखि १० दिनलाई स्याङ्जा सिल गरिएको थियो ।

यसअघि, साउन पहिलो साता ३ प्रहरीमा कोरोना पोजिटिभ पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय मात्रै सिल गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले केही स्थानमा समुदायस्तरमा कोरोना फैलिएको आशंकामा निषेधाज्ञा जारी गर्नुपरको बताए । पुतलीबजार नगरपालिका, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा समुदायमा कोरोना फैलिएको आशंका छ ।

स्याङ्जामा शुक्रबारसम्म २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ