मृगौला पीडित श्रेष्ठको उपचारको लागि तनहुँ समाज अष्ट्रेलियाद्वारा ५० हजार सहयोग

मृगौला पीडित श्रेष्ठको उपचारको लागि तनहुँ समाज अष्ट्रेलियाद्वारा ५० हजार सहयोग

Ram Lal Shrestha Tanahun

तनहुँ । तनहुँको व्यास ४ जलदेबी टोल बस्ने मृगौला पीडित रामलाल श्रेष्ठलाई तनहुँ समाज अष्ट्रेलियाले सहयोग गरेको छ ।

समाजले श्रेष्ठको उपचारका लागि ५० हजार सहयोग गरेको हो ।

गत १८ महिनादेखि दुबै मिर्गौला खराब भई उपचाररत रहेका श्रेष्ठको उपचारमा सहयोग पुगोस भनेर उक्त रकम हस्तान्तरण गरिएको युवा अभियान्ता सरोज भण्डारी जानकारी दिए ।

श्रेष्ठको पुर्खौली घर म्याग्दे गाउँपालिकाको दुभुङ हो ।

श्रेष्ठको घरमा पुगि सकृय युवा अभियान्ता लक्ष्मीभक्त खनाल, सरोज भण्डारी लगायतले तनहुँ समाज अष्ट्रेलियाको सहयोग ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन ।

छिट्टै सहयोगको लागि घर दैलो अभियान संचालन गर्ने अर्का युवा अभियान्ता लक्ष्मीभक्त खनालले बताए । उनले भने ‘आशा छ हाम्रो अभियानले पीडित रामलाल श्रेष्ठको उपचारमा सहयोग पुग्ने छ ।’

करेन्ट लागेर छोराको मृत्यु

मृगौला पीडित रामलाल श्रेष्ठको जेठा छोरा सुबास श्रेष्ठल(३०) को गत २१ गते बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं. १ हाइस्कुलटार स्थित एक घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मुत्यु भएको छ ।

नेट जोड्ने क्रममा घाइते भएका श्रेष्ठको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचारका लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

श्रेष्ठ वर्ल्डलिंक ईन्टरनेटमा कार्यरत कर्मचारी थिए ।

घरमुलि मृगौला पीडित । रोजगारी गर्ने जेठा छोराको करेन्ट लागेर मृत्यु । अहिले श्रेष्ठ परिवारमा बज्रपात आइपरेको छ ।

श्रेष्ठको एउटा छोरा अपाङ्ग छन भने अर्का छोराको उमेर सानै छ ।

मृतक श्रेष्ठको परिवारलाई वर्ल्डलिंकले रोजगारी दिने

कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएका सुवास श्रेष्ठको परिवारलाई वर्ल्डलिंकले रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

मृतककी पत्नीले जागिर खान चाहेमा वल्र्ड लिंकले प्राथमिकता दिने दमौली शाखाका प्रमुख मनोज श्रेष्ठले बताए ।

उनले भने, ‘यदि मृतककी पत्नीले जागिर खान नचाहेमा घरपरिवारका कुनै १ सदस्यलाई सो अवसर दिइनेछ ।’

यस्तै, काम गर्ने सिलसिलामा ज्यान गुमाएका सुवासको परिवारलाई वर्ल्ड लिङ्कतर्फबाट क्षतिपूर्ति र बिमावापत साढे १७ लाख रुपैयाँ दिने सहमति भएको व्यास–४ का वडा अध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।

सो विषयमा पीडित परिवार र कम्पनीलाई राखेर सहमति गराइएको वडाअध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ