प्रधानमन्त्री ओलीले चितवनकाे माडी नगरपालिकाकाे नाम अयाेध्यापुरी राख्न दिए निर्देशन

प्रधानमन्त्री ओलीले चितवनकाे माडी नगरपालिकाकाे नाम अयाेध्यापुरी राख्न दिए निर्देशन

Capture

काठमाडौँ – चितवनको माडी नगरपालिकाको नाम अयोध्यापुरी राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

चितवन र पर्षाको सिमा क्षेत्र पर्ने माडी र ठोरी क्षेत्र रामको जन्मभूमि रहेको बताउनुभएका प्रधानमन्त्री ओलीले सो क्षेत्रको नगरपालिकाको नाम नै परिवर्तन गर्न माडी नगरका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको हो ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालका अनुसार आज प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार छलफल गर्दै ओलीले पहिलो काम नगरपालिकालाई अयोध्यापूरी नामाकरण गर्ने सुझाउनु भयो ।

साथै प्रधानमन्त्री ओलीले २०७८ सालको दशैँमा उद्घाटन गर्ने गरी विशाल राम मन्दीर निर्माण सुरु गर्न पनि आग्रह गर्नुभएको छ । मेयर ढकालले प्रधानमन्त्री ओलीले रामको जन्मभूमि नेपाल हो भनेर यत्तिकै नबोलेको र आफूसंग पर्याप्त प्रमाण रहेको भन्दै ढुक्क हुन आग्रह गरेको बताउनुभयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ