हाम्रो सहयोगी साकोसद्वारा सेयर सदस्यको कोरोना बीमा

हाम्रो सहयोगी साकोसद्वारा सेयर सदस्यको कोरोना बीमा

Hamro Sahakari

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी सस्था लि. ले आफ्ना सेयर सदस्यहरुको कोरोना बीमा गरेको छ ।

पृथ्बीचोकमा कार्यालय रहेको सस्थाले कर्मचारीहरुको कोरोना बीमा पहिले नै गरीसकेतापनि हाल आएर ३१४ जना सेयर सदस्यहरुको पनि बीमा गरेको जानकारी सस्थाका अध्यक्ष शुक्रराज कंडेलले बताए ।

‘सस्थाको सर्बश्व भन्नु नै सेयर सदस्यहरु नै हुन हामीलाई उहांहरुको स्वास्थ्यको माया छ तसर्थ संचालक समितिले यो निर्णय लिएका हौ’ अध्यक्ष कंडेलले भने ।

सिद्वार्थ इन्स्योरेन्स लि. पोखरा शाखाका शाखा प्रमुख गोबिन्द देबकोटाले सस्थाका सचिब लोकेन्द्र राई , सदस्य दिपेन्द्र शर्माको उपस्थितीमा अध्यक्ष कंडेललाई बीमालेख हस्तान्तरण गरेका थिए ।

हाल आएर कोरोनाको महामारी संगे ब्यक्तिगत र सस्थागत सबैले कोरोना बीमा गर्ने गरेको अबस्था छ । हालसम्म बीमा क्षेत्रमा ३५ करोड बीमाशुल्क संकलन भएको र ८५ लाख हाराहारीमा दाबी भुक्तानी भएको तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ