पोखराका कोरोना संक्रमितको शव निर्वाधरुपमा व्यवस्थापन गरियो

पोखराका कोरोना संक्रमितको शव निर्वाधरुपमा व्यवस्थापन गरियो

File Photo

पोखरा – पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएका व्याक्तिको शव पोखरा महानगरपालिका वडा -३२ स्थित मजुवा घाटमा व्यवस्थान गरिएको छ । पश्चिमान्चल अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा – १९ का ६२ बर्षीय कोरोना संक्रमित व्याक्तिको शनिवार राति मृत्यु भएपछि आइतबार उनको शव व्यवस्थापन गरिएको हो  ।

यसअघि मृत्यु भएका दुई कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपनि यसपटक भने निर्वाध रुपमा संक्रमित व्याक्तिको शव व्यवस्थापन गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई जानकारी दिए । “यस अगाडी दुई वटा शव व्यवस्थापन गर्ने क्रममा स्थानीयको वाधा अड्चन झेलियो, आज पूर्व तयारीका साथ सुरक्षा व्यवस्था कडा बनाई शव व्यवस्थापन गर्यौं, स्थानीयको कुनै अवरोध भएन प्रवक्ता हमालले भने ।”

संक्रमित व्याक्ति गत साउन १७ गते कोरोना पुष्टी भइ पश्चिमांचल अस्पतालको आइसीयुमा भर्ना भएका थिए । मधुमेहका विरामी समेत रहेका उनको गएराती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक अर्जुन आचार्यले जानकारी दिएका थिए  ।

मृतक कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो पोखरेली हुन । यसअघि, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको थियो ।

फाइल फोटो

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds