तनहुँ । राष्ट्रिय युवा सम्मेलन आइतबारदेखि सुरु भएको छ । नेपाल युवा परिषदको आयोजनामा ४ दिने भर्चुअल राष्ट्रिय युवा सम्मेलन आइतबारबाट सुरु भएको छ ।
जुम एप्लिकेसन मार्फत भर्चुअल माध्यमबाट सम्मेलन सुरु भएको हो । भर्चुअल माध्यमबाट सुरु गरिएको सम्मेलनमा ४ सय भन्दा बढि युवाहरुको सहभागित रहेको छन् ।

७ प्रदेश र ७७ जिल्लाबाट युवाको सहभागित रहेको नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।
नेपाल युवा परिषदले गत वर्षहरुमा देशभरका हरेक जिल्लाबाट एक पुरुष र एक महिलालाई मात्रै सम्मेलनमा सहभागि गराउदै आएको थियो ।
वर्तमान समयमा कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण भेला भएर सम्मेलन गर्न नसक्ने भएकाले भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको नेपाल युवा परिषदले जनाएको छ ।
हरेक वर्ष हुँदै आएको सम्मेलनलाई निरन्तरता दिन भर्चुअल मध्यमबाटै भएपनि कार्यक्रम गरेको केन्द्रिय अध्यक्ष बानियाँले बताए ।

४ दिनसम्म चल्ने यो कार्यक्रममा विभिन्न वक्ताले युवा र विभिन्न क्षेत्र संग सम्बन्धित रहेर आफ्नो प्रतुती दिनेछन् ।
सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले युवा सहभागिता र दिगो विकासको लक्ष्यबारे प्रशिक्षण गरेकी थिइन् ।
त्यस्तै माई ईमोशन म्याटरका संस्थापक भावना श्रेष्ठले नेतृत्व तहमा रहेका व्यक्तिले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभावबारे प्रशिक्षण गरेकी थिइन् ।

यस्तै एग्रिनेपाल डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्यमशिलता मार्फत युवाहरुलाई कसरी सशक्त पार्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएकी थिईन् ।
राष्ट्रिय युवा सम्मेलनमा ५० प्रतिशत महिलाहरु नै सहभागी भएका छन् । सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, सुशासन, जलवायू परिवर्तन, लैङ्गकि समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो विकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछन् ।
यो सम्मेलन यहि अगष्ट ९ बाट शुरु भई अगष्ट १२ अर्थात अन्र्तराष्ट्रिय युवा दिवस २०२० सम्म भर्चुअल रुपमा सन्चालन हुनेछ ।

कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएका आयोजक संंस्था नेपाल युवा परिषदले बताएको छ ।
सम्मेलनको पहिलो दिन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कल्पना नेपाली, नेपाल युवा परिषदका सल्लाहकार राजेन्द्र गिरी, राजन कोईराला, युएनडिपीका निकिला क्षेष्ठ लगायत अतिथिहरुले कार्यक्रमको लागि शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनलाई सामाजिक संजाल फेसबुकमार्फत लाईभ गरिएको थियो । नेपाल युवा परिषदको अफिसियल फेसबुक पेजबाट लाइभ गरिएको थियो । साथै हरेक दिन फेसबुक पेजबाट लाइभ गरिने संस्थाले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ