तनहुँको थर्पुमा म्याग्दे पोलिक्लिनिक संचालनमा

तनहुँको थर्पुमा म्याग्दे पोलिक्लिनिक संचालनमा

received_734951457344957

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पु बजारमा म्याग्दे पोलिक्लिनिक संचालनमा आएको छ ।

पोलिक्लिनिकको उद्घाटन म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गरेकी थिइन ।

प्रमुख अतिथि रानाले म्याग्देमा स्वास्थ्य संस्थाको आवश्यकतालाई ध्यानमा राखी स्थानीय तथा बाह्य सेवाग्राहीलाई सेवा दिने उद्देश्यले खोलिएको पोलिक्लिनिक म्याग्दे गाउँपालिकाकै एउटा स्वास्थ्य सेवाको नमूना एवम् उदाहरण रहेको बताईन ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र म्याग्दे गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष प्रेमबहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।

संस्थापक सदस्य तथा परिकल्पनाकार डा.प्रदिप थापाले आफ्नो परिश्रम, मिहेनतको फल आफ्नै जन्मभूमिमा विजारोपण गर्न पाउँदा आफू गर्भवान्वित र खुशी भएको बताए ।

२४सै घण्टा डाक्टरबाट इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे सेवा, फार्मेसी सेवा, भिडियो एक्सरे सेवा, बहिरंग सेवा, स्वास्थ्य परीक्षण लगाएतको सेवा पोलिक्लिनिकले दिने डा.थापाले बताए ।

उद्घाटन कार्यक्रम औपचारीक समापन लगतै ८० जना सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थापक सदस्य डा.निसिकान्त यादवले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ