पोखराको रामबजारबाट ठुलो परिमाणमा गाँजा सहित दुई युवक पक्राउ

पोखराको रामबजारबाट ठुलो परिमाणमा गाँजा सहित दुई युवक पक्राउ

arrested-ganja-rambajar

पोखरा – पोखराको रामबजारबाट ठुल परिमाणमा गाँजा सहित दुई युवक पक्राउ परेका छन ।

पोखरा महानगरपालिका वडा नं -१० शिवमार्गमा गांजा सेवन तथा बिक्री वितरण भैरहेको भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले १ किलो २०० ग्राम गाँजा सहित दुई युवकलाई पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा स्याङ्गजा जिल्ला हरिनास गाउँपालिका -४ बाँगेस्वारा घर भइ हाल पोखरा -१० शिव मार्ग बस्ने २० का बर्षीय जीत बहादुर विक र धादिङ जिल्ला सिद्दलेक गाउँपालिका -६ कम्पुर घर भई हाल पोखरा -१० बस्ने २३ बर्षका रोहित घले रहेका छन ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ