पोखरा । नविल बैँकका सिइओ अनिल केशरी शाहले आजको युवा भविष्य नभएर वर्तमान भएको बताएका छन् । युवाले अहिलेको वर्तमान समय आफ्नो हो भनेर अगाडि बढ्नुपर्ने सिइओ शाहको भनाई छ ।
नेपाल युवा परिषदले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलन २०२० मा शाहले सो कुरा बताएका हुन । ‘तपाई जस्तो युवाले भविष्य हाम्रो हो हैन, वर्तमान हाम्रो हो भनेर अगाडि बढ्नुपर्छ’ शाहले भने ।
साथै उनले युवामा देश प्रति उत्तरदायी हुनपर्ने पनि बताए । साथै शाहले खुशी कसरी हुने भन्ने विषयमा रहेर युवाहरु माझ प्रस्तुति समेत दिएका थिए । हरेक कुराको सुरुवात म बाट सुरु गर्नुपर्ने शाहले बताए । उनले भने ‘आफुले आफ्नो लागि समय दिनुपर्दछ ।’
‘मानिस अनुसार फरक फरक तरिकाले खुशी हुन्छ्न।’ शाहले भने ‘मुख्य गरि खुशी हुनका लागि ५ वटा तत्व रहेका छन् । जसमा साथीभाई तथा परिवार, धन, स्वास्थ्य, शक्ति, भगवान र आत्मविश्वास हुन् ।’
कुनैपनि व्यक्तिले आफ्नो इच्छा अनुसार काम गर्न पाए निरन्तरता दिन्छ र सफल पनि हुने गरेको देखिएको उनले बताए । शाहले भने ‘त्यसैले आफ्नो इच्छा के हो भनेर चिन्न सक्नुपर्छ सुरुवातमा । आफैबाट सुरु गरौं ।’
गत आइतबारबाट भर्चुअल रुपमा राष्ट्रिय युवा सम्मेलन सुरु भएको हो । ४ दिने भर्चुअल सम्मेलन भोलि बुधबारसम्म चल्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्