युवा भविष्य होइन, वर्तमान हो-अनिल केशरी शाह

युवा भविष्य होइन, वर्तमान हो-अनिल केशरी शाह

Anil Keshari Shah

पोखरा । नविल बैँकका सिइओ अनिल केशरी शाहले आजको युवा भविष्य नभएर वर्तमान भएको बताएका छन् । युवाले अहिलेको वर्तमान समय आफ्नो हो भनेर अगाडि बढ्नुपर्ने सिइओ शाहको भनाई छ ।

नेपाल युवा परिषदले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलन २०२० मा शाहले सो कुरा बताएका हुन । ‘तपाई जस्तो युवाले भविष्य हाम्रो हो हैन, वर्तमान हाम्रो हो भनेर अगाडि बढ्नुपर्छ’ शाहले भने ।

साथै उनले युवामा देश प्रति उत्तरदायी हुनपर्ने पनि बताए । साथै शाहले खुशी कसरी हुने भन्ने विषयमा रहेर युवाहरु माझ प्रस्तुति समेत दिएका थिए । हरेक कुराको सुरुवात म बाट सुरु गर्नुपर्ने शाहले बताए । उनले भने ‘आफुले आफ्नो लागि समय दिनुपर्दछ ।’

‘मानिस अनुसार फरक फरक तरिकाले खुशी हुन्छ्न।’ शाहले भने ‘मुख्य गरि खुशी हुनका लागि ५ वटा तत्व रहेका छन् । जसमा साथीभाई तथा परिवार, धन, स्वास्थ्य, शक्ति, भगवान र आत्मविश्वास हुन् ।’

कुनैपनि व्यक्तिले आफ्नो इच्छा अनुसार काम गर्न पाए निरन्तरता दिन्छ र सफल पनि हुने गरेको देखिएको उनले बताए । शाहले भने ‘त्यसैले आफ्नो इच्छा के हो भनेर चिन्न सक्नुपर्छ सुरुवातमा । आफैबाट सुरु गरौं ।’

गत आइतबारबाट भर्चुअल रुपमा राष्ट्रिय युवा सम्मेलन सुरु भएको हो । ४ दिने भर्चुअल सम्मेलन भोलि बुधबारसम्म चल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ