पोखरा महानगरका थप दुई जनामा कोरोना संक्रमण पुष्टी

पोखरा महानगरका थप दुई जनामा कोरोना संक्रमण पुष्टी

Corona update 2

पोखरा – पोखराका थप दुई जना व्याक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिका वडा नं -६ र १६ का दुई व्याक्तिको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा . विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये वडा नं – ६ का २३ बर्षीय पुरुष छन भने, वडा नं -१६ का ५४ बर्षीय पुरुष छन ।

उनीहरुलाई आइसोलेसन कक्षमा लगिसकिएको निर्देशानालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १६५० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds