स्याङ्जाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका ११ वटै पालिकाले बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप उपलब्ध गराएपछि पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीका अनुसार जिल्लाभर कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित स्थानीय तहहरूले निरन्तर काम गरिरहेका छन् । उनले पालिका र स्वास्थ्य कार्यालयबीचको समन्वयले खोप कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकामा १६ देखि २३ महिनासम्मका ४८१ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् । त्यसैगरी वालिङ नगरपालिकामा ४०६, गल्याङ नगरपालिकामा ३०५, चापाकोट नगरपालिकामा १९४ र भीरकोट नगरपालिकामा २१३ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।
यस्तै अर्जुनचौपारी गाउँपालिकामा ११३, हरिनास गाउँपालिकामा ८२, आँधीखोला गाउँपालिकामा ८३, कालीगण्डकी गाउँपालिकामा २१७, बिरुवा गाउँपालिकामा ११३ र फेदीखोला गाउँपालिकामा ८९ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर कुल दुई हजार २९६ जना बालबालिकाले आवश्यक सबै खोप पाएसँगै स्याङ्जा पूर्णखोप सुनिश्चित जिल्ला बनेको हो ।
खोप कार्यक्रमलाई दिगो, नियमित र प्रभावकारी बनाउने लक्ष्यसहित स्थानीय तह र स्वास्थ्य निकायले संयुक्त रूपमा अनुगमन तथा सचेतनामूलक अभियानलाई पनि निरन्तरता दिएका छन् ।
सम्बन्धित खबर
रोटरीद्वारा १०१ परिवारलाई विद्युतीय चुलो तथा भाँडाकुँडा वितरण
बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल
२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति
यो पनि पढौँ
रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम