बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । ६१ वर्षीय संजय दत्त उपचारका लागि अमेरिका गएका छन् ।
उनी गत ८ अगष्टदेखि स्वास फेर्न गाह्रो भएपछि मुम्बईस्थित लीलावती अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।मंगलबार राति मात्र संजय दत्तले आफ्ना नजिकका मित्रलाई यसको खुलासा गरेका थिए ।
भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।
संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।
उनकी आमा नर्गिस र पहिली श्रीमती ऋचा शर्माको पनि क्यान्सरबाट ज्यान गएको थियो ।यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो ।
संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए । उनले ‘फिल्मबाट ब्रेक लिएको’ बताएका थिए ।
उनले जुलाई २९ मा आफ्नो ६१ औं जन्मोत्सव मनाएका थिए । उनको सन् १९५९ मा जन्म भएको थियो । उनले २००८ मा तेस्रो बिहे गरेका थिए । उनको पछिल्लो फिल्म ‘सडक २’ २८ अगष्टमा सार्वजनिक हुँदैछ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो