लायन्स क्लव अफ पोखरा स्वर्णीम सिटीले पोखरामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स वर्ष २०२०-२१ का डिष्ट्रिक गर्भनर मन बहादुर रोकाको कार्ययोजना तथा क्लबको नियमित क्यालेन्डर अन्तर्गत कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको छ । प्रमुख अतिथि डिष्ट्रिक्टका चिफ एडभाइजर चण्डी प्रसाद अर्यालले पहिलो रक्तदाता क्लबका सदस्य तथा कार्यक्रम संयोजक अरबिन अर्याललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा अतिथीका रुपमा जिएलटी कोर्डिनेटर किशोर बराल, ब्लड डोनेशनका डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, क्लस्टर २० का प्रमुख चन्द्र प्र. अधिकारी, रिजन चियरपर्सन मोहन सुबेदी लगायतको उपस्थिति थियो ।

क्लबका चार्टड प्रेसिडेन्ट तथा जोन चियरपर्सन गोबिन्द प्र. देबकोटाले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई धन्यवाद दिँदै बिषम् परिस्थिति भएतापनि समाज प्रति लायन्स सधै उत्तरदायी रहने बताए ।
शक्ति बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव सञ्जय पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ