लायन्स क्लव अफ पोखरा स्वर्णीम सिटीले पोखरामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स वर्ष २०२०-२१ का डिष्ट्रिक गर्भनर मन बहादुर रोकाको कार्ययोजना तथा क्लबको नियमित क्यालेन्डर अन्तर्गत कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको छ । प्रमुख अतिथि डिष्ट्रिक्टका चिफ एडभाइजर चण्डी प्रसाद अर्यालले पहिलो रक्तदाता क्लबका सदस्य तथा कार्यक्रम संयोजक अरबिन अर्याललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा अतिथीका रुपमा जिएलटी कोर्डिनेटर किशोर बराल, ब्लड डोनेशनका डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, क्लस्टर २० का प्रमुख चन्द्र प्र. अधिकारी, रिजन चियरपर्सन मोहन सुबेदी लगायतको उपस्थिति थियो ।

क्लबका चार्टड प्रेसिडेन्ट तथा जोन चियरपर्सन गोबिन्द प्र. देबकोटाले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई धन्यवाद दिँदै बिषम् परिस्थिति भएतापनि समाज प्रति लायन्स सधै उत्तरदायी रहने बताए ।
शक्ति बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव सञ्जय पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ