गृहले गर्‍यो सवारी पास बन्द

गृहले गर्‍यो सवारी पास बन्द

lockdown_police

कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ। गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भोलि बिहीबारदेखि सवारी पास जारी नगर्न भनेको हो।

निर्देशनमा भनिएको छ, ‘मन्त्रिपरिषद्बाट विभिन्न मितिमा तथा यस मन्त्रालयबाट भएको निर्देशनसमेतको आधारमा हालसम्म त्यहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ