फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० २५ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबारबाट पोर्चुगलको लिस्बनमा सुरू भएको क्वार्टरफाइनलको प्रतिस्पर्धामा पिएसजीले इटालियन क्लब एटलान्टमाथि २-१ को रोमाञ्चक जित हात पारेर अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलमा अग्रता भने एटलान्टाले लिएको थियो। एटलान्टाका लागि पलासिकले २६ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा १-० ले पछि परेको पिएसजीले दोस्रो हाफको सकिन दुई मिनेट बाँकी छदासम्म गोल फर्काउन सकेन।
खेल सकिन एक मिनेट बाँकी छदा पिएसजीका लागि मार्क्विन्होसले बराबरी गोल फर्काउन सफल भए। सो गोल गर्न नेइमारले पास उपलब्ध गराएका थिए।
पिएसजीले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै अग्रता लियो। पिएसजीका लागि म्याक्सिम चोउपो मोटिङले गोल गर्दै क्लबलाई रोमाञ्चक जित दिलाए। यसपटक केलियन एमबाप्पेले पास दिए।
अन्त्यमा पिएसजीले गरेका दुई गोलबीच १४९ सेकेन्डको अन्तर थियो।
लिगअन्तर्गत बिहीबार राति जर्मन क्लब आरबी लेइपजिग र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ। खेलको विजेतासँग पिएसजीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु