पोखरा – कास्की प्रहरीले अवैध घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ वरामद गरी नष्ट गरेको छ ।
पोखराका बिभिन्न स्थानमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गरेको खोजतलास तथा अनुसन्धानका क्रममा १० लिटर तयारी घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ४०० लिटर वरामद गरी नष्ट गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार वडा प्रहरी कार्यालय रामबजार बाट खटिएको प्रहरीको टोलीले धादिङ जिल्ला बैरेनी गाउँपालिका घर भइ हाल पोखरा -११ फूलबारीस्थित चन्द्र कुमारी गुरुङको घरमा डेरा गरी बस्ने सुन्तली श्रेष्ठको डेरा कोठाबाट १५० लिटर कच्चा पदार्थ (चिनी, मर्चा, कोदो) र ओखलढुंगा घर भइ सोही घरको डेरामा बस्ने राधिका थापा मगरको डेरा कोठाबाट १५० लिटर मदिराजन्य कच्चा पदार्थ र १० लिटर तयारी मदिरा वरामद गरी नष्ट गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय रामबजार बाट नै खटिएको प्रहरीको टोलीले पोखरा -१४ मनकामना टोल बस्ने टेक बहादुर गुरुङको घरबाट १०० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ वरामद गरी नष्ट गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो