काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द परीक्षणमा सहभागी हुन आएका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार संक्रमित खेलाडीको स्वाब परिक्षण गरिएको थियो । संक्रमित खेलाडीको बिहीबारको परिक्षण नतिजा पोजेटिभ आएको थियो ।
एन्फाले तत्काल सूचना जारी गर्दै एक खेलाडीको पुन: परिक्षण गरिने बताएको थियो । बिहीबार दोस्रो पटक गरिएको परिक्षणको रिपोर्ट समेत पोजेटिभ आएको हो । कोरोना देखिने खेलाडीको नाम भने गोप्य राखिएको छ ।
कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरि ५४ जनाको कोरोना परीक्षण गरिएकोमा हिजो ५३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।खेलाडीहरुको लगनखेल स्थित पाटन अस्पतालमा स्वाब संकलन गरि परीक्षण गरिएको एन्फाले जनाएको छ ।
एन्फाले मंगलबार ललितपुरस्थित पाटन अस्पतालसँगको समन्वयमा उपत्यका भित्र घर भएका र आफ्नै घरमा क्वारेन्टिनमा बसेका २३ खेलाडी, प्रशिक्षक, अफिसियल र आवस्यक कर्मचारिगरी २९ जनाको पीसीआर परिक्षण गराएको थियो । त्यसअघि सोमबार होटलमा क्वारेन्टिन बसेका ११ खेलाडी सहित अन्य २५ को कोरोना परिक्षण गराएको थियो ।
नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो । कोरोना महामारीका कारण विश्वकप छनोट र एसियन छनोटका खेलहरु भने रद्द भइसकेका छन् भने बन्द परीक्षण कार्यक्रम पनि पछि स्थगित भइसकेको छ ।
एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप सबै खेलाडीलाई उपत्यकामा बोलाएको थियो । कतिपय खेलाडीहरु घरसमेत फर्किसकेको जनाइएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण