किरण श्रेष्ठ, तनहुँ । तनहुँमा पनि कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ । तनहुँकाे व्यास नगरपालिका-१ निवासी ६९ वर्षीया महिलामा शुक्रबार काेराेना संक्रमण पुष्टि भएकाे छ ।
क्षयराेग उपचार केन्द्र पाेखरामा उक्त महिला कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे हाे । कोरोना पुष्टि भएसंगै महिलालाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसाेलेनमा भर्ना गरिएकाे छ ।
कोरोना संक्रमण पुष्टि हुनुअघि पाेखरास्थित एक अस्पतालमा उपचाररत थिइन् ती महिला ।

पाेखरा जानु अगाडी ती महिलाले साउन २६ गते दमाैलीस्थित नेशनल एपोलो हस्पिटलमा भिडियाे एक्सरे गराएकाे खुलेकाे छ ।
पित्तथैलीकाे शल्यक्रियाका लागि साउन २७ गते पाेखरामा गएकी थिइन् । उपचारकै क्रममा उनको स्वाब सङ्कलन गरिएकाे थियाे ।
याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ हजार ६ सय ८२ पुगेकाे स्वास्थ्य निर्देशक डा. विनाेदविन्दु शर्माले जानकारी दिए ।
डाक्टर र नर्स क्वारेन्टाइनमा
पोखरा जानुअघि दमौलीको नेशनल एपोलो हस्पिटलमा महिलाले भिडियाे एक्सरे गराएकी थिइन् । महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै हस्पिटलका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।
ती महिलाले २६ गते अस्पतालमा भिडियो एक्सरे गराएको व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
‘सीसीटिभी फुटेज हेर्दा ती महिला ३ जनाको प्रत्यक्ष सम्पर्कमा आएको देखिन्छ ।’ प्रमुख सोतीले भने ‘१ जना डाक्टर र २ जना नर्स हुन् ।’ उनले थपे ‘३ नै जना अहिले क्वारेन्टाइनमा बसेका छन् ।’
उनीहरुको पीसीआर गर्ने तयारी भईरहेको प्रमुख सोतीले बताए ।
संक्रमित भेटिएसंगै वडा कार्यालय बन्द
व्यास नगरपालिका-१ काे वडा कार्यालय शुक्रबारदेखि बन्द गरिएकाे छ । वडा कार्यालय नजिकको महिलामा काेराेना पुष्टि भएपछि महिलाकाे सम्पर्कमा अन्य व्यक्तिहरु सम्पर्कमा आएकाे र जाेखिम फैलन नदिनका लागि वडा कार्यालयका सम्पूर्ण सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे वडा सचिव सावित्री आचार्यले जानकारी दिईन ।

समुदायमा कोरोना
शुक्रबार मात्रै जिल्लाको भानु नगरपालिकाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्थानियमा कोरोना देखिएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संक्रलन गरिएको थियो ।
१२२ जना मध्ये ८९ जनाको रिपोर्ट आएको र बाँकी अन्यको रिपोर्ट आउन बाँकी नै भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन