लिदी पहिरोमा पुरिनेको संख्या ३९ पुगेको छ । बेपत्ता ३९ मध्ये ११ को शव फेला परेको छ । स्थानीय कबिर दोङ पनि बेपत्ता भएको खोजीकार्यमा संलग्न वडाध्यक्ष प्रताप लामाको टोलीले पत्ता लगाएको हो ।
वडाध्यक्ष लामाका अनुसार ३६ वर्षीया टीकमाइ दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीया बिताइ झाँक्री दोङ, ७० वर्षीय जयबहादुर दोङ, आठ वर्षीय मिलन दोङ, २४ वर्षीया धनमाइ दोङ, चार महिने शिशु रेनिश दोङ, ३० वर्षीया दावाल्हामु दोङ, पाँच महिने शिशु तारल्हामु दोङ, पाँच वर्षीय सानु दोङ र पाँच वर्षीया प्रिती दोङको पहिचान भएको हो ।
शुक्रबार रातीसम्म काम गरेर थाकेका सुरक्षाकर्मीले शनिबार पनि बिहान ६ बजेबाट बेपत्ताको खोजीकार्यलाई तीब्रता दिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार हिजो ब्यारेक फर्केको नेपाली सेनाको टोली लिदी जाँदै छ । बाहिर रहेका आफन्तलाई डाकेर शव जिम्मा दिने तयारी भएको उनले बताए ।
मृतक र बेपत्ता भएकाको आफन्तलाई शुक्रबार लिदी पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले जनही १५ हजारका दरले नगद र त्रिपाल दिएका छन् । तर, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले केही महिनाअघि नै पठाएको २० थान टेन्ट, तीन सय थान त्रिपाल र सय थान कम्बल जुगल गाउँपालिकाले सम्बन्धित जोखिम क्षेत्रका बासिन्दालाई दिएन ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्