व्यास डाईग्नोष्टिक ल्यावोरेटरीद्वारा मृगौला पीडितलाई सहयोग, निशुल्क रगत परीक्षण गरिदिने

व्यास डाईग्नोष्टिक ल्यावोरेटरीद्वारा मृगौला पीडितलाई सहयोग, निशुल्क रगत परीक्षण गरिदिने

BDL Help RamLal Stha

तनहुँ । व्यास डाईग्नोष्टिक ल्यावोरेटरी प्रालिले तनहुँको व्यास-४ जलदेबी टोल बस्ने दुबै मृगौला पीडित रामलाल श्रेष्ठलाई सहयोग गरेको छ ।

ल्यावोरेटरीका सुरेश तिमल्सिना र उमेश कोइरालाले मृगौला पीडित श्रेष्ठलाई व्यास डाईग्नोष्टिक ल्यावोरेटरीको तर्फबाट ५ हजार १५ रूपैयाँ सहयोग गरेका हुन् ।

मृगौला पीडित श्रेष्ठको रगत, दिशा, पिसाब र खकार परीक्षण व्यास डाईग्नोष्टिक ल्यावोरेटरीले निःशुल्क गरिदिने बिडीएलका सुरेश तिमल्सिनाले बताए ।

गत १८ महिनादेखि दुबै मिर्गौला खराब भई उपचाररत रहेका श्रेष्ठको उपचारमा सहयोग पुगोस भनेर उक्त रकम हस्तान्तरण गरिएको तिमल्सिनाले जानकारी दिए ।

मृगौला पीडित रामलाल श्रेष्ठको जेठा छोरा सुबास श्रेष्ठल(३०) को गत २१ गते बुधबार करेन्ट लागेर मृत्यु भएको थियो ।

तनहुँको व्यास नगरपालिका वडा नं. १ हाइस्कुलटार स्थित एक घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मुत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ