धोनीद्वारा अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

धोनीद्वारा अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

ms dhoni

भारतीय क्रिकेट टोलीका पूर्वकप्‍तान एवम् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियोसहितको पोस्ट जारी गर्दै धोनीले उक्त घोषणा गरेका हुन् । उनले सदैव साथ दिने र समर्थन गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।

३९ वर्षीय धोनीले भारतका लागि ३५० एकदिवसीय खेल्दै १० हजारभन्दा बढी रन बनाएका छन् भने ९० वटा टेस्ट खेल्ने क्रममा ४ हजार ८७६ रन बनाएका छन् ।

धोनीको कप्तानीमा भारतले सन् २००७ को टी ट्‍वान्टी विश्‍वकप, सन् २०११ को एकदिवसीय विश्‍वकप र सन् २०१३ को आइसिसी च्याम्पियन्स ट्रफी जितेको थियो । उनी भारतका सबैभन्दा सफल कप्तानका रुपमा चिनिन्छन् ।

विकेटकिपिङ तथा फिनिसिङमा अब्बल मानिने धोनीले यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट भने खेल्ने अपेक्षा गरिएको छ । त्यसका लागि उनी अभ्यास सत्रमा पनि सहभागी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । धोनीआइपिएल टिम चेन्‍नई सुपर किंग्सका पनि कप्तान हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds