व्यास नगरपालिकाका ४ जनामा कोरोना पुष्टि, थपिएका संक्रमित व्यास-१ की महिलाको परिवार

व्यास नगरपालिकाका ४ जनामा कोरोना पुष्टि, थपिएका संक्रमित व्यास-१ की महिलाको परिवार

Corona update 4

तनहुँ । तनहुँको व्यास नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको व्यास नगरपालिका-१ का २ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको हो ।

व्यास नगरपालिका-१ का ९ र ४० वर्षीय पुरुष र १३ र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितहरु गत साउन २६ गते कोरोना पुष्टि भएकी व्यास-१ की वृद्धाको परिवार रहेको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

उनले भने ‘वृद्धाको परिवारको ७ मध्ये ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य ३ जना परिवारका सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।

पोखरा गएर वृद्धाको परिवारले स्वाब परीक्षणका लागी दिएका थिए । शनिबार व्यास नगरपालिका-१ मा नगरपालिकाले स्वाब लिएको प्रमुख सोतीले जानकारी दिए ।

वृद्धाको कन्ट्रयाक्टमा आएकाको पहिचान गर्दै स्वाब लिईएको सोतीले जानकारी दिए ।

वृद्धा पोखरा जानुअघि दमौलीको एपोलो हस्पिटलमा स्वास्थ्य परीक्षणमा गएको हुँदा हस्पिटलका ३ जनाको स्वाब संकलन गरिएको छ ।

साउन ३१ गते शनिबार १०२ जनाको स्वाब संकलन गरिएको सोतीले बताए । आइतबार मात्रै भानु नगरपालिकामा पनि एक जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ