पोखरामा आइतबार पुष्टि भएका अधिकांश संक्रमित ट्रेसिङमा परेका

पोखरामा आइतबार पुष्टि भएका अधिकांश संक्रमित ट्रेसिङमा परेका

Corona Trot Swap

पोखरा – आइतबार पोखरामा कोरोना पुष्टी भएका २२ जना संक्रमित मध्ये अधिकांश संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु छन् ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका एक कर्मचारीका अनुसार आइतबार कोरोना पुष्टी भएका २२ जना मध्ये ३ जना महानगरकै क्वारेन्टाइनमा बसेका, १ जना बिदेशबाट आएर घरमै सेल्फ क्वारेन्टाइनमा बसेका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङमा परी नमुना स्वाब दिएर बसेकाहरु रहेको ती कर्मचारीले बताए ।

कर्मचारीका अनुसार आइतबार कोरोना पुष्टी हुनेमा दुई जना बैंकका स्टाफ छन् ।

केही दिन अगाडि पनि सिद्धार्थ बैंकको लेकसाइड शाखाका एक कर्मचारी, राष्ट्रिय बाणिज्य बैंकको तालचोक शाखाका एक कर्मचारी र पोखराकै एक वित्तीय संस्थामा नगद संकलन गर्ने एक महिलामा कोरोना पुष्टी भएको थियो मानिसको धेरै भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था कोरोनाको सम्भावित बढी जोखिमका क्षेत्र मानिन्छ।

ट्राभल हिस्ट्री नभएका तर संक्रमित बनेका केही केसहरुले पोखरामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds