सोमबारको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षा

सोमबारको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षा

weather

आज मुलुकका केही भू(भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको तथा जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले त्यसकै प्रभावस्वरूप अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजै राति गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ