आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्कीको रुपाबाट एक महिला पक्राउ

आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्कीको रुपाबाट एक महिला पक्राउ

IMG_5221

कास्की – आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं -६ घर भइ हाल कास्कीको रुपा गाउँपालिका -४ खाल्टे बस्ने बर्ष ३३ की रिता मल्ल सिंह रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार गत साउन २७ गते दिउँसो अन्दाजी १:४५ बजेको समयमा रुपा गाउँपालिका वडा नं -३ टाकान्जा भन्ने स्थानमा भर्खरै जन्मिएको शिशुको शव भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय हंशपुर सहित डांडाकोनाकबाट समेत खटिएको अनुसन्धानको टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाएकोमा साउन ३२ गते (आइतबार) रिता मल्ल सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी मल्लमाथि ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्धा शिर्षकमा आजै कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ