तनहुँ । तनहुँमा थप दुई जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको व्यास नगरपालिका वडा नम्बर १ का दुई जना महिलामा सोमबार राती संक्रमण पुष्टि भएको हो ।
व्यास-१ का ३१ र २३ वर्षीया २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
केहिदिन अघिमात्रै व्यास-१ रतौलीका एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
व्यास-१ की ६९ वर्षीया कोरोना संक्रमित वृद्धाको सम्पर्कमा आएको सहित अन्यको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा १०२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागी पठाइएको थियो ।
सोमबार उनिहरु मध्य ९५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अन्य ७ जनाको रिपोर्ट आउन बाकी थियो ।
अहिले आएको त्यही ७ मध्यका हुन कि होइनन लिस्टमा रुजु गरेपछि मात्रै थाहा हुने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
व्यास नगरपालिकाले आज भदौ १ गतेदेखि ७ गते सम्म १ हप्ताका लागि नगरक्षेत्र सिल गरेको छ ।
अत्यावश्यक बाहेकका अन्य सबै बन्द हुनेगरि जिल्ला प्रशासन र नगरपालिकाले नगरक्षेत्र सिल गरेको हो । व्यास नगरपालिकाका १०२ मध्ये ९५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला