तनहुँको व्यास-१ का २ जना महिलामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास-१ का २ जना महिलामा कोरोना संक्रमण पुष्टि

corona-affected

सांकेतिक तस्बिर ।

तनहुँ । तनहुँमा थप दुई जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिका वडा नम्बर १ का दुई जना महिलामा सोमबार राती संक्रमण पुष्टि भएको हो ।

व्यास-१ का ३१ र २३ वर्षीया २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

केहिदिन अघिमात्रै व्यास-१ रतौलीका एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

व्यास-१ की ६९ वर्षीया कोरोना संक्रमित वृद्धाको सम्पर्कमा आएको सहित अन्यको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा १०२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागी पठाइएको थियो ।

सोमबार उनिहरु मध्य ९५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अन्य ७ जनाको रिपोर्ट आउन बाकी थियो ।

अहिले आएको त्यही ७ मध्यका हुन कि होइनन लिस्टमा रुजु गरेपछि मात्रै थाहा हुने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

व्यास नगरपालिकाले आज भदौ १ गतेदेखि ७ गते सम्म १ हप्ताका लागि नगरक्षेत्र सिल गरेको छ ।

अत्यावश्यक बाहेकका अन्य सबै बन्द हुनेगरि जिल्ला प्रशासन र नगरपालिकाले नगरक्षेत्र सिल गरेको हो । व्यास नगरपालिकाका १०२ मध्ये ९५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ