तनहुँ । तनहुँको एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने महिला व्यास नगरपालिका वडा नम्बर १ ,अम्रेनीकी स्थानिय हुन् । महिलाको मृत्यु पश्चात उनमा कोरोना पुष्टि भएको हो ।
५० वर्षीया महिला पोखरा-१२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् । उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई निमोनिया भएपछि अस्पतालमा लगिएको थियो ।
गत साउन ३२ आइतबारदेखि अस्पतालमा उपचाररत थिईन् । मृत्यु भएकी महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको थियो । दीर्घरोगी महिलालाई उपचारका पोखरा उनको छोरी र व्यास-१ गल्बुबेसीका आफन्तले लिएर गएको स्रोतले बतायो ।
पोखरा जानुअघि महिला दमौलीको एक मेडिकलमा उपचार लागि पुगेको स्रोतले बतायो । स्रोतले भन्यो ‘करिब ३-४ दिन अघि हुनुपर्छ । कन्ट्रयाक्ट ट्रेसिङको लागि अहिले नाम संकलन गरिरहेको व्यास-१ का वडाअध्यक्ष खरसिं दरैले बताए । उनले भने ‘छिट्टै पीसीआर गर्ने तयारी हुदैछ ।’
अहिले कोरोनाबाट मृत्यु भएकी महिलाको टोलमा वडा र नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिंङको काम गर्न लागेको अम्रेनी टोल विकास समितिका अध्यक्ष भरत विकले बताए । ‘वडाअध्यक्षको फोन आएको थियो ।’ विकले भने ‘अहिले टोलबासी लाई सुचना गरिसकेका छौ ।’ उनले भने हामि ‘हामि सबै घरमै छौ ।’

तनहुँमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु भएको हो । तनहुँमा अहिलेसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८२ जनाले कोरोना जितेर निको भई घर फर्कीसकेका छन् । अहिले ३५ जना आइसोलेसनमा उपचाररत छन् ।
यो पनि :
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु