नवलपुरमा अर्का पत्रकारलाई पनि कोरोना, पत्रकारका श्रीमती र छोरीमा पनि संक्रमण

नवलपुरमा अर्का पत्रकारलाई पनि कोरोना, पत्रकारका श्रीमती र छोरीमा पनि संक्रमण

Corona Trot Swap

कमला राना । नवलपुरमा थप एकजना पत्रकार सहित परिवारका अन्य दुई जनालाई कोरोना संक्रमणा पुष्टि भएको छ । संक्रमित हुनेमा ३७ वर्षिय पुरुष पत्रकार रहेको र उनी कावासोतीबाट संचालन हुने एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेको नवलपुर स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिएका छन् ।

यसअघि, ४१ वर्षिय पुरुष पत्रकारलाई कोरोना पोजिटिभ देखिएको थियोे । स्थानीय रेडियो र साप्ताहिक पत्रिकाका संचालक संक्रमित पुरुष पत्रकारको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारको समेत परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उनकी ३७ वर्षिया श्रीमती र १४ वर्षिया छोरिमा समेत संक्रमण देखिएको प्रमुख चापागाईंले बताएका छन् ।

हालसम्म नवलपुर क्षेत्रका ५० जना पत्रकारहरुको पिसिआर परिक्षण गराएकोमा अधिकांशको रिपोर्ट आइसकेको छ । केहीको आउँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ